ग्लोबल


इरानका विदेशमन्त्री भन्छन्: आन्दोलनमा मारिनेको संख्या हजारौँमा होइन, सयौँमा छ

इरानका विदेशमन्त्री भन्छन्: आन्दोलनमा मारिनेको संख्या हजारौँमा होइन, सयौँमा छ

इरानका विदेशमन्त्री सैयद अब्बास अराघची


नेपालखबर
माघ १, २०८२ बिहिबार १२:४, काठमाडौँ

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले देशमा जारी विरोध प्रदर्शनमा हजारौँको संख्यामा मानिस मारिएको दाबी अस्वीकार गरेका छन्।

इरानमा जारी आन्दोलनमा कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले १२ देखि २० हजारसम्म मानिस मारिएको दाबी प्रस्तुत गरेपछि इरानी विदेशमन्त्री अराघचीले खण्डन गरेका हुन्। 

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘दाबी निराधार छन्। यसको कुनै प्रमाण छैन। मृत्यु हुनेको संख्या सयौँमा मात्र छ।’

साथै विदेशमन्त्री अराघचीले मृतकको वास्तविक संख्या ‘चाँडै’ सार्वजनिक गरिने पनि बताए। 

रोयटर्स समाचार एजेन्सीले इरान आन्दोलनमा मृत्यु भएकाको संख्या २ हजारदेखि ५ हजारसम्म रहेको उल्लेख गरेको छ भने सीबीएस न्युजले मृतकको संख्या १२ हजार पुगिसकेको दाबी गरेको छ। अनि यो संख्या २० हजार पुग्न सक्ने पनि उल्लेख गरेको छ। 

एक्सियोस समाचार वेबसाइटले भने इजरायली गुप्तचर स्रोतले मृत्यु हुनेको संख्या ५ हजार पुगेको जनाएको छ। 

देशमा बढेको महँगी र बिग्रँदो आर्थिक अवस्थाको विरोधमा इरानमा गत डिसेम्बर २८ देखि विरोध प्रदर्शन जारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad