ग्लोबल


ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

ब्यानरमा मोज्तबा खामेनी


नेपालखबर
फागुन २५, २०८२ सोमबार ८:९, काठमाडौँ

इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ। 

यसअघिका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई ल्याइएको हो। 

इरानको सरकारी टीभीले सोमबार बिहान मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको घोषणा गरेको हो। 

कालो फेटामा मोज्तबा खामेनी

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरी उनका बुबा अली खामेनीलाई मारेका थिए। 

यसपछि अब आफूहरूको स्वीकृतिबिना नयाँ सर्वोच्च नेता चयन नगर्न भनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिइरहेका थिए। त्यति मात्र होइन, उनले अली खामेनीका छोरा मोज्तबालाई नेता नबनाउनसमेत भनेका थिए।

तर अमेरिकाको धम्कीका बाबजुद इरानले उनैलाई नयाँ सर्वोच्च नेता बनाएको हो। 

अली खामेनी ३५ वर्षसम्म इरानको सर्वोच्च पदमा थिए। उनी सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्यु भएदेखि इरानको सर्वोच्च नेता पदमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad