ग्लोबल


इरानविरुद्धको युद्ध अन्त्य गर्ने विषयमा इजरायलसँग कुरा गरिरहेको छु: ट्रम्प

इरानविरुद्धको युद्ध अन्त्य गर्ने विषयमा इजरायलसँग कुरा गरिरहेको छु: ट्रम्प

नेपालखबर
फागुन २५, २०८२ सोमबार १४:४६, काठमाडौँ

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग छलफल भइरहेको बताएका छन्। 

टाइम्स अफ इजरायलका अनुसार, ट्रम्पले इरानविरुद्ध जारी आक्रमण कहिले रोक्ने भन्ने कुरा इजरायलका प्रधानमन्त्री नेतन्याहुले निर्णय गर्ने बताएका हुन्।

फोन अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘यस विषयमा हामीबिच छलफल भइरहेको छ। उचित समयमा निर्णय हुनेछ।’ 

अमेरिकाले इरानविरुद्ध आक्रमण रोके पनि इजरायलले जारी नै राख्छ कि भनेर सोध्दा ट्रम्पले यो सम्भावनाबारे बताउन अस्वीकार गरे।

उनले भने, ‘मलाई यसको आवश्यकता पर्लाजस्तो लाग्दैन।’

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन्। साथै यस अवधिमा १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। मारिएकामा मानिसमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म छन्। जसमा २०० महिला छन्।

उनका अनुसार मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ। आक्रमणमा ४ डाक्टर, २ नर्स र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अनि ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad