ग्लोबल


इरानका नयाँ सर्वोच्च नेता घोषित मोज्तबा खामेनी पनि घाइते

इरानका नयाँ सर्वोच्च नेता घोषित मोज्तबा खामेनी पनि घाइते

मोज्तबा खामेनी (फाइल फोटो)


नेपालखबर
फागुन २५, २०८२ सोमबार १५:७, काठमाडौँ

इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनी पनि इजरायल-अमेरिकाको आक्रमणबाट घाइते भएका छन्।

टाइम्स अफ इजरायलका अनुसार उनी जारी युद्धका क्रममा घाइते भएका हुन्। 

इरानको सरकारी टीभीले उनलाई बहादुर व्यक्तिका रूपमा वर्णन गरेको छ, जसको अर्थ उनी शत्रुको आक्रमणमा घाइते भएका छन्।

यद्यपि मोज्तबा कहिले घाइते भएका हुन् भनेर स्पष्ट पारिएको छैन।

उनका श्रीमती, छोरी र बुबा भने इजरायल-अमेरिकाको आक्रमणबाट गत फेब्रुअरी २८ मै मारिइसकेका छन्। 

त्यसयता मोज्तबा सार्वजनिक रूपमा देखिएका छैनन्। उनलाई आइतबार राति मात्र इरानको नयाँ सर्वोच्च नेता घोषणा गरिएको छ।

यसअघि अमेरिकाले आफ्नो अनुमतिबिना सर्वोच्च नेता छनोट गरे त्यो पनि मारिने चेतावनी दिएको थियो।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरी त्यहाँका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता युद्ध जारी छ। 

इरानले पनि इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। 

यसैबिच इरानका उपस्वास्थ्यमन्त्री अली जाफरियनले इजरायल-अमेरिकाको आक्रमणबाट अहिलेसम्म १ हजार २५५ जनाको मृत्यु भएको बताएका छन्।

साथै यस अवधिमा १२ हजारभन्दा बढी मानिस घाइते भएका छन्। मारिएकामा मानिसमा ८ महिनाका शिशुदेखि ८८ वर्षका वृद्धसम्म छन्। जसमा २०० महिला छन्।

उनका अनुसार मिनाब प्राथमिक विद्यालयमा भएको आक्रमणमा १६८ बालबालिकाको मृत्यु भएको छ। आक्रमणमा ४ डाक्टर, २ नर्स र ३ आपतकालीन कर्मचारीसहित ११ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। अनि ५५ स्वास्थ्यकर्मी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad