फूलहरू फूलिरहेका छन्
अँधेरी रातमा चम्किरहेको छ जून
अनमोल समय आफ्नो गतिमा अगाडि बढिरहेको छ
उपत्यका, पहाड, हिमाल पार गर्दै
उज्यालोतर्फ लम्किरहेको छ
महत्त्व नबुझ्नेलाई समय फिरन्ते लागिरहेको छ
चाल र गतिको नियम थाहा नहुनेले
बर्बाद गरिरहेको छ
समय सुगन्धित फूल हो
जिउने कला नजान्नेलाई ठूलो भुल हो
समयले नबोली नबोली पाठ पढाउँदैन मात्र
समयले पाठ सिकाउँछ पनि
कर्मशीललाई शिखरमा पुर्याउँछ
बुझ्ने प्रयास नगर्नेलाई पनि
गतिलो असफलताको पाठ पढाएर जान्छ
यसर्थ समयको नियम छ
समय निर्मम छ
संघर्ष गर्ने सबैलाई हरेक क्षण कठिन छन्
उज्यालोले बिहानीमा पुग्न अँधेरी रातसँग संघर्ष गरे जस्तै
हिमालको हिउँ पानी बनी समुन्द्रमा पुग्दा जस्तै
समयसँगको यात्रा कठिन छ
तर यसको गति निरन्तर छ
हावा जस्तै, पानी जस्तै, बह्माण्ड जस्तै
त्यसैले समय बुझौँ
हरेक क्षणलाई सही बनाउने प्रयत्न गरौँ
Shares

प्रतिक्रिया