साहित्य


लघुकथा : कडी

लघुकथा : कडी

ईश्वर पोखरेल
पुस २२, २०८२ मंगलबार १६:१, काठमाडौँ

'राज्य सञ्चालनमा दलित समुदायको सहभागिता पुगेन; उत्पीडित समुदायलाई न्याय भएन' भन्ने मूल माग लिएर मागपत्रसहित आएको थियो– एउटा जुलुस।

जुलुसको नेतृत्वमा थियो– श्रेय।

दह्रो थियो– श्रेयको तर्क। भन्दैथियो– 'राज्य सञ्चालनमा दलित समुदायको सहभागिताको सुनिश्चितता त संविधानले नै गरेको छ। त्यो पनि ख्याल नगर्ने? संविधान पनि नपढ्ने?'

साँझमा सहरमा राँकेजुलुस निस्कियो। आफ्नो कारलाई सुरक्षित स्थानमा पार्किङ गरेर श्रेय आफै पनि जुलुसमा सहभागी भएको थियो ।

आन्दोलनका भावी कार्यक्रम घोषणा हुनुअघि नै आन्दोलनकारीलाई वार्तामा बोलाइयो।

श्रेयलाई नै संयोजक बनाएर सात जना वार्तामा आएका थिए।

राज्यका सबै अङ्गमा दलित समुखदायको सहभागिता बढाउने सहमति भयो।

लगत्तै श्रेयलाई राजदूतमा सिफारिस गरियो।

सिफारिसको निर्णयसँगै आन्दोलनको हर खुस्किई हालेछ। अब 'ऐया! ऐया!!' भन्दै कति पर जान सक्थ्यो र!

श्रेयलाई बधाई दिने क्रममा टेलिफोनमा कोही भन्दै थियो– 'धेत्तेरी, श्रेय सर! आन्दोलनको मागको मुख्य कडी समयमै समात्न नसक्दा कसो हङ्गामा नभा'को!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad