फोटोफिचर


संसद् भवनको पर्खालमा भदौ २३ र २४ झल्काउने कला कृति (तस्बिरहरू)


सरोज नेपाल
पुस १३, २०८२ आइतबार १९:३२, काठमाडौँ

भदौ २३ को जेनजी आन्दोलनको केन्द्र बानेरश्वरस्थित संसद् भवनको पर्खालमा उक्त आन्दोलनमा ज्यान गुमाउनको सम्झनामा कला प्रस्तुत गरिएको छ। 

जेनजी आन्दोलनका बेला राष्ट्रिय संग्रहालय जोगाउन भूमिका खेलेका जुपीटर प्रधानको पहलमा यो प्रस्तुती भएको हो। 

कवि विप्लव प्रतिकले जेनजी आन्दोलनको बलिदान र त्यहाँ उठेको आवाजलाई बिर्सिएका छैनौँ भनेर कलाकारले प्रस्तुती दिएको बताए।

‘भदौ २३ र २४ मा जेनजीको विद्रोह भयो। त्यो विद्रोहलाई कसरी दबाउन खोजियो भन्ने कुरा सम्झनका लागि, उनीहरूले निकालेको आवाज दबिने छैन भन्ने सन्देश दिन हामीले प्रस्तुति दिएका हौँ,’ उनले भने, ‘भ्रष्टाचारविरुद्ध हामी कलाकारका तर्फबाट आवाज सधैं बुलन्द भइरहनेछ भन्ने सन्देश यही प्रस्तुति मार्फत दिन खोजिएको हो।’

प्रस्तुती गर्न चाहाने सबै कलाकारले आफ्ना प्रस्तुती दिएका थिए। जसमा एकजना विदेशी कलाकार पनि सामेल भएको प्रतिकले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad