गुरुङ समुदायको पर्व तमु ल्होसार देशभर हर्षोल्लासका साथ मनाइएको छ। काठमाडौंको टुँडिखेलमा हजारौँ गुरुङ समुदायका मानिसहरू परम्परागत भेषभूषामा भेला भई सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षको स्वागत गरेका छन्।
तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो, जहाँ ‘ल्हो’ वर्ष र‘सार’ फेरिनुलाई जनाउँछ। यस पर्वलाई पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागतको प्रतीकका रूपमा मनाइन्छ। सूर्यको ताप चाँडो पुग्ने विश्वासका कारण गुरुङ बाहुल्य जिल्लाहरूमा पुस १५ मा यो पर्व मनाउने परम्परा छ। साथै, सबैभन्दा लामो रातपछि उज्यालो बढ्दै जाने भएकाले यसलाई उज्यालोको विजयको प्रतीक पनि मानिन्छ।
तमु ल्होसारको अवसरमा संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।


























57
Shares

प्रतिक्रिया