फोटोफिचर


वसन्तपुरमा टोपी दिवसको रौनक (तस्बिरहरू)


सरोज शाही
पुस १७, २०८२ बिहिबार ११:२, काठमाडौँ

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै छ।

१३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो।

यो दिवसले राष्ट्रिय पोसाक पुनर्जागरणमा टेवा पुग्ने विश्वास गरिन्छ। 

दिवसमा अवसरमा युवासँग सम्बन्धित विभिन्न संस्थाले आज कार्यक्रम आयोजना गरिरहेका छन्। 

‘नेपाली टोपीः हाम्रो पहिचान’ नारासहित १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्।

नेपाली पहिचान मानिने दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा अहिले राष्ट्रिय पोसाक लगाएका तस्बिर सामाजिक सञ्जालमा छाएका छन्। 

यस अवसरमा आज राजधानी काठमाडौँका पनि विभिन्न स्थानमा कार्यक्रम भइरहेका छन्। 

यसै क्रममा हेर्नुहोस् वसन्तपुरको कार्यक्रम यी तस्बिरमा-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad