गगन नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको कुपण्डोलमा बसेको छ।
बिहीबार थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्य उपस्थित रहेका छन्। बैठकले समसामयिक राजनीति र आगामी निर्वाचनबारे निर्णय गर्ने भएको छ।
त्यसपछि बैठकको निर्णय लिएर निर्वाचन आयोग जाने तयारी रहेको जनाइएको छ। कांग्रेसको विशेष महाधिवेशनले गएराति थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो।





84
Shares

प्रतिक्रिया