राजनीति


एकै पटक फर्किंदैछन् अमेरिका र चीनका राजदूत

एकै पटक फर्किंदैछन् अमेरिका र चीनका राजदूत

चिनियाँ राजदूत छन् सङ बायाँ र अमेरिकी राजदूत थम्पसन


नेपालखबर
पुस ७, २०८२ सोमबार १९:५९, काठमाडौँ

बेइजिङले फिर्ता बोलाएपछि चिनियाँ राजदूत छन् सङ नेपाल छाड्ने तयारीमा छन्। यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पनि नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई फिर्ता बोलाएको छ।

नेपालको राष्ट्रिय राजनीति उताचढावबाट गुज्रिरहँदा शक्ति राष्ट्रका राजदूतहरु नेपाल छोड्न लागेका हुन्।

वासिङ्टन डिसी डेटलाइनमा एशोसिएटेड प्रेस (एपी)ले सोमबार प्रकाशन गरेको समाचारअनुसार नेपालका लागि अमेरिकी राजदूतसहित कम्तिमा २९ जना राजदूत तथा बरिष्ठ कुटनीतिज्ञलाई ट्रम्प प्रशासनले फिर्ता बोलाएको छ। उनीहरुको कार्यकाल जनवरीमा समाप्त हुँदैछ भनेर जानकारी पनि दिइसकिएको छ।

एपीका अनुसार काठमाडौंबाहेक, ट्रम्प प्रशासनले श्रीलंकाबाट पनि आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ।

थम्पसनलाई जो बाइडेन सरकारले मार्च २०२२ मा नेपालका लागि राजदूत नियुक्त गरेको थियो। थम्पसनले अक्टोबर २०२२ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। उनीसँग अमेरिकी कूटनीतिमा काम गरेको २८ वर्षभन्दा बढी अनुभव छ। 

उनी फर्किन लागेको जानकारी अमेरिकाले औपचारिक रुपमा नेपाल सरकारलाई दिइसकेको छैन।

बुधबार फर्किंदै चिनियाँ राजदूत
चिनियाँ पक्षले भने आफ्नो राजदूत फिर्तीबारे सरकारलाई जानकारी गराइसकेको छ। राजदूत सङ चिनियाँ विदेश मन्त्रालयको एसियाली विभागको महानिर्देशक पदमा बढुवा भएर फर्किंदैछन्।

चिनियाँ राजदूत चेनले आफ्नो विदाई भेटघाट सुरु गरिसकेका छन्। प्रधानमन्त्री सुशीला कार्की र अन्य अधिकारी तथा नेताहरूसँग भेट गरिसकेका छन्। बेइजिङले अझैसम्म उनको उत्तराधिकारी को हो भनेर सार्वजनिक गरेको छैन। 

चेन आफ्नो कूटनीतिक जिम्मेवारी लिन जनवरी २०२३ मा काठमाडौं आइपुगेका थिए। 

आइतबार चिनियाँ दूतावासमा आयोजित विदाई समारोहमा बोल्दै, निवर्तमान राजदूतले चीन र नेपालबीचको सम्बन्ध अनौठो रहेको बताउँदै जहाँ भए पनि नेपालको विकास प्रयासलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

‘म नेपाल आउनुअघि चीन–नेपाल मैत्रीको समर्थक थिएँ। तीन वर्षपछि, म गर्वका साथ भन्न सक्छु कि म नेपाली र चिनियाँ जनताको आजीवन मित्र बनेको छ।’ 

उनले नेपाल सरकार, निजामती कर्मचारी, कूटनीतिक समुदायका सहकर्मी, मिडिया व्यवसायी र नेपाली समाजका सबै वर्गले दिएको सहयोगको आभार प्रकट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad