आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर नजाने नेता कृष्ण सिटौलाले बताएका छन्।
काठमाडौँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेसको आफ्नो नीति र परम्परा रहेको बताए। गगन थापालाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर कांग्रेस चुनावमा जान्छ कि भन्ने प्रश्नमा सिटौलाले भने, ‘कांग्रेसको आफ्नो नीति र परम्परा छ, त्यही अनुसार हुन्छ। चुनावमा जान कांग्रेसले कसैलाई प्रधानमन्त्री घोषणा गर्दैन।’
सञ्चारकर्मीले सोधेको अर्को प्रश्नमा नेता सिटौलाले कांग्रेस नफुट्ने बताए। विशेष महाधिवेशन भएमा पार्टी विभाजन हुन सक्ने भएकाले त्यतातिर जान नहुने बताए।
पुस २८ गतेपछि कांग्रेस फुट्छ त भन्ने प्रश्नमा सिटौलाले भने, ‘कांग्रेस फुट्दैन। हामी हुन दिँदैनौं। कांग्रेस एकताबद्ध रहन्छ।’
Shares

प्रतिक्रिया