राजनीति


निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ : पुन

निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ : पुन

नेपालखबर
पुस २६, २०८२ शनिबार १८:१४, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले आगामी २१ फागुनमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताएका छन्।

शनिबार स्टार लाइट बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा सम्बोधन गर्दै पुनले भने, ‘हजारौंको बलिदानीपछि प्राप्त उपलब्धी संकटमा छ। यस्तो अवस्थामा निर्वाचनले मात्र मुलुकलाई निकास दिन सक्छ।’ उनले अन्तर्राष्ट्रिय चलखेल रोक्न र देशको अस्तित्व बचाउन राष्ट्रियता पक्षधर शक्तिहरुबीच एकता आवश्यक भएको जोड दिए।

उनले मुलुकको राजनीति अस्थिर र तरल रहेको र स्थिरता कहिले आउँछ भन्न गाह्रो भएको उल्लेख गरे। साथै, ०७२ को भूकम्प र कोभिड-१९ ले प्रभावित अर्थतन्त्र ज्यान्दै गरेको बेला भदौको जेनजी आन्दोलनले लगानीकर्ता मनोबल घटाएको बताए।

पुनले पुस्ताबीच विभाजन गराउने राजनीतिले मुलुकको हित नराख्ने र पुरानो, बीच र नयाँ पुस्ताको सन्तुलन आवश्यक रहेको पनि बताए।

विश्व राजनीतिमा नियमविहीनता र शक्तिशाली देशहरुको प्रभुत्वले अस्थिरता बढाएको चर्चा गर्दै उनले सूचना प्रविधि र यातायातले गर्दा विश्व सानो गाउँ जस्तो भएको र विश्वका घटनाहरु आपसमा असर गर्ने अवस्था रहेको औँल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad