सप्तरी-२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अखिल (क्रान्तिकारी) का उपमहासचिव गजेन्द्र यादवले उम्मेदवारीका लागि दावेदारी प्रस्तुत गरेका छन्।
यो क्षेत्रमा २०७९ को प्रतिनिधि सभा चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
यसअघि नेकपाले सिफारिस गरेका पूर्वमन्त्री उमेश यादवले पार्टी परित्याग गरेपछि इन्जिनियर समेत रहेका गजेन्द्रले आफूले लड्ने दाबी गरेका हुन्।
२०७० सालको संविधानसभा निर्वाचनमा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।
297
Shares

प्रतिक्रिया