राजनीति


पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात कांग्रेसबाट भयो: बाबुराम भट्टराई

पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात कांग्रेसबाट भयो: बाबुराम भट्टराई

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८२ बिहिबार ६:५८, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पुराना दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन्। 

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई दिँदै भट्टराईले यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् भन्ने कामना पनि गरेका छन्। 

‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरु र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad