राजनीति


गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

गगन नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

नेपालखबर
माघ १, २०८२ बिहिबार १२:९, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा चयन भएको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ।

बिहीबार ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो। बैठकमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य उपस्थित रहेका छन्। 

गएराति थापाको नेतृत्वमा विशेष महाधिवेशनले केन्द्रीय कार्यसमिति गठन गरेको थियो। केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरु घिमिरे रहेका छन्। 

केन्द्रीय कार्यसमितिको बैठकले समसामयिक राजनीतिकसँगै आउँदो प्रतिनिधि सभाको निर्वाचनबारे निर्णय गर्ने एजेन्डा रहेको छ। बैठकको निर्णय लिएर आजै निर्वाचन आयोग जाने तयारी रहेको जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad