राजनीति


गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे

नेपालखबर
माघ १, २०८२ बिहिबार १२:४०, काठमाडौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। 

बिहीबार कुपण्डोलमा बसेको नवनिर्वाचत केन्द्रीय कार्यसमितिको बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो। बैठकले चालिसेलाई प्रवक्ता मनोनित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए। 

विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रेस नेतामध्ये चालिसे पनि एक हुन्।

ललितपुरको कुपण्डोलस्थित म्याक्सिम्स ब्यांक्वेट एन्ड इभेन्ट्समा केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad