नेपाली कांग्रेसको वेबसाइटबाट गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाइएको छ।
बिहीबार बिहानै तीनै जनाको नाम वेबसाइटबाट हटाइएको हो। तीनै जनाको नाम रहेको स्थान खाली छोडिएको छ।
गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम हटाएको कांग्रेसको वेबसाइट:

यसअघि वेबसाइटमा उपभासपतिको तल महामन्त्रीमा थापा र शर्माको नाम रहेको थियो। त्यस्तै, आठ जना सहमहामन्त्रीको सुरुवातमै मन्सुरको नाम रहेको थियो। अहिले तीनै जनाको नाम र तस्बिर हटाएर महामन्त्री र सहमहामन्त्री मात्रै राखिएको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मा र मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो। कांग्रेसले कारबाही गरेपछि विशेष महाधिवेशनबाट थापाको नेतृत्वका नयाँ कार्यसमिति घोषणा गरिएको थियो।
Shares

प्रतिक्रिया