राजनीति


अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६’ को घोषणा

अमेरिकी दूतावासद्वारा ‘क्रिएटर्स मेला २०२६’ को घोषणा

काठमाडौंस्थित अमेरिकी दूतावास


नेपालखबर
माघ १, २०८२ बिहिबार १३:३, काठमाडौँ

काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको रचनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को घोषणा गरेको छ।

यो वर्षको संस्करणले डिजिटल सामग्री सिर्जना गर्ने सर्जकलाई मनोरञ्जनमा मात्र सीमित नराखी दिगो व्यवसायतर्फ लैजाने लक्ष्य रहेको दूतावासले जनाएको छ।

मेला नेपालका तीन सहरमा सञ्चालन हुनेछ। चितवनमा माघ ३ गते, नेपालगन्ज माघ १० तथा माघ १६ र १७ गते काठमाडौँमा फिनाले हुनेछ।

यो वर्षको मुख्य विषयवस्तु ‘भिजन टु भेन्चर’ रहेको छ। यसले अमेरिकी प्रविधि र डिजिटल व्यवसाय विकासको विज्ञतालाई प्रयोग गरी नेपाली कन्टेन्टेन क्रिएयटरलाई दीर्घकालीन पेसाका रूपमा विकास गर्न मार्गचित्र प्रदान गर्नेछ।

'क्रिएटर्स मेला २०२६  भनेको नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता हो', दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भन्छन्,  'हामी नेपाली क्रिएटर्सलाई स्थानीय प्रभावका लागि मात्र नभई विश्वव्यापी बजारमा सफलता प्राप्त गर्न तयार पार्दै छौँ, जसले साझा समृद्धिलाई प्रोत्साहित गर्छ।'

मेलामा सहभागीले कलाकारहरू सज्जन राज वैद्य, प्रियङ्का कार्की, आयुष्मान् जोशी, नितेश जङ्ग कुँवर, कविता नेपाली, याबेश थापा तथा सोनाम तोप्देनसँग सिक्ने अवसर पाउनेछन्। डिजिटल इन्फ्लुएन्सर टु बी गेमर, लेक्स लिम्बू, श्रीशेष मानन्धर र नेपाल एट्थ वन्डरले पनि सीप सिकाउनेछन्। 

काठमाडौँमा हुने समापन कार्यक्रमको मुख्य आकर्षण ‘पिच टु सक्सेस’ रहनेछ। यस अन्तर्गत छनोटमा परेका क्रिएटर्सले आफ्ना व्यावसायिक योजना नेपालका शीर्ष कर्पोरेट नेतृत्वकर्ता— आनन्द बगरिया (निम्बस), क्याबिनेट श्रेष्ठ (अग्नि समूह) र विशाखा खड्का कुँवर (एनसेल) माझ प्रस्तुत गर्नेछन्। उद्योगीहरूले व्यवसायिक मार्गदर्शन गर्नेछन्।

सन् २०२३ देखि वर्षेनी हुँदै आएको मेलाको यो चौथो संस्करण हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad