राजनीति


गम्भीर अपराधमा रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै जेनजी मुभमेन्टको विरोध

गम्भीर अपराधमा रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै जेनजी मुभमेन्टको विरोध

नेपालखबर
माघ १, २०८२ बिहिबार १३:३६, काठमाडौँ

जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने प्रयास आपत्तिजनक र अस्वीकार्य भएको बताएको छ। 

संगठनले महान्यायाधिवक्तामाथि शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरेको आरोप लगाएको छ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेलाई संगगिठत अपराध र सम्पत्ति शुद्धीकरणको मुुद्दामा छुट दिने निर्णय गरेकी थिइन्। 

बिहीबार प्रेस वक्तव्य जारी गर्दै जेनजी मुभमेन्ट नेपालले किशोरीको डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई उन्मुक्ति दिइएको घटनापछि नै महान्यायाधिवक्ताको तत्काल बर्खास्तीको माग गरिएको जनाएको छ। 

संगठनले भदौ २४ गते रवि लामिछानेको गिरोहले जेल भत्काई कैदी भगाएको र देशभर अराजकता फैलाएको घटनालाई स्मरण गराउँदै योजनाबद्ध रूपमा अस्थिरता सिर्जना गरिएको दाबी गरेको छ। 

सहकारी ठगीका कारण लाखौं पीडित पीडामा रहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा बाँचिरहेको उल्लेख गर्दै, त्यही पीडितको रगत र आँसुबाट संकलित स्रोत दुरुपयोग गर्नेहरूलाई उन्मुक्ति दिनु न्यायको उपहास भएको संगठनको भनाइ छ।

जेनजी मुभमेन्ट नेपालले अपराधीलाई दिइने कुनै पनि उन्मुक्ति जेन्जी विद्रोहप्रति धोका र बलिदानीप्रति गम्भीर अपमान हुने स्पष्ट पारेको छ। कानुन सबैका लागि समान हुनुपर्ने र शक्तिशालीका लागि छुट तथा पीडितका लागि मौनता स्वीकार्य नहुने संगठनको ठहर छ।

यसैबीच, संगठनले प्रधानमन्त्री सुशीला कार्की र उनले नियुक्त गरेका महान्यायाधिवक्तालाई सार्वजनिक रूपमा बहिष्कार तथा अवज्ञा गर्न आह्वान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad