राजनीति


समानुपातिक सूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय

समानुपातिक सूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय

नेपालखबर
माघ १, २०८२ बिहिबार १४:६, काठमाडौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची र मनोनयनको हस्ताक्षर संशोधन गर्ने निर्णय गरेको छ। 

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले समानुपातिक बन्दसूची संशोधन गर्ने निर्णय गरेको प्रवक्त देवराज चालिसेले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै चालिसेले भने, ‘उम्मेदवारी दर्ता प्रयोजनका लागि दस्तखत, समानुपातिक लिस्ट संशोधन गर्ने, अपडेट गर्ने निर्णय भएको छ।’

यसअघि कांग्रेसले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको थियो। जसमा सभापति शेरबहादुर देउवको हस्ताक्षर रहेको थियो। अब थापाको हस्ताक्षर रहने निर्णय गरिएको प्रवक्ता चालिसेले बताए। 

त्यस्तै, विशेष अधिवेशनबाट निर्वाचत कार्यसमितिबारे पनि अध्यावधिक गर्ने निर्णय गरेको चालिसेले जानकारी दिए। ‘पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई रिप्लेस गर्दै नयाँ आवधिक गर्ने निर्णय भएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad