विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले सभापति गगन थापालाई घोषणापत्र बनाउने र उपभासपति विश्वप्रकाश शर्मालाई चुनाव परिचालनको जिम्मा दिएको छ।
बिहीबार ललितपुरको कुपण्डोलमा बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले थापाको नेतृत्वका चुनावी घोषणापत्र निर्माण समिति गठन गरेको प्रवक्त देवराज चालिसेले बताए।
त्यस्तै, उपभासपति शर्माको नेतृत्वका चुनाव परिचालन समिति गठन गरिएको छ। बैठकका निर्णयबारे जानकारी दिँदै चालिसेले भने, ‘उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय भएको छ।’
आगामी प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न समिति गठन गरिएको उनको भनाइ थियो।
177
Shares

प्रतिक्रिया