नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप लगाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो आरोप लगाएका हुन्।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैं लागेको पुष्टि भएको दाबी गरे।
उनले भने, ‘सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ। रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरु मन्त्रीहरूको चाला अहिले पनि सुध्रिएको छैन। सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठूला दलहरूका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले–कांग्रेसलाई कमजोर बनाउने प्रयत्न हो।’
उनले कांग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरूको चालामाला ठिक नभएको उनको जिकिर छ।
सचिव बस्नेतले एमाले माघ ४ गतेदेखि निर्वाचनमा होमिने जानकारी दिए।

प्रतिक्रिया