राजनीति


जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पायौँ: मिराज ढुंगाना

जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पायौँ: मिराज ढुंगाना

नेपालखबर
माघ १, २०८२ बिहिबार १६:३७, काठमाडौँ

जेनजी विद्रोहबाट निर्वाचन मात्रै पाएको जेनजी अभियन्ता मिराज ढुंगानाले टिप्पणी गरेका छन्। 

बिहीबार माइतीघर मण्डलमा भएको प्रदर्शनका क्रममा ढुंगानाले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि निर्वाचन भएको टिप्पणी गरेका हुन्। 

‘यत्रो विद्रोहबाट हामीले अर्थहिन निर्वाचन पाएका छौँ। यसले के फेरबदल ल्याउँछ, हाम्रो देशको स्थितिमा? निकास पाउन गाह्रो छ,’ उनले भने। 

अहिले नयाँ भन्नेहरूले पनि संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेकोप्रति उनले असहमति जनाए। ‘अहिले आएका केही नयाँ पात्रहरू पहिला संविधान मान्य छैन भन्नुहुन्थ्यो, अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृट छ भन्नुहुन्छ,’ ढुंगानाले थपे, ‘उहाँहरूको शब्द फेरिएको छ तर हाम्रो शब्द पहिलाकै हो।’

निर्वाचनको मात्रै रट लगाएर युवाका भावना नजरअन्दाज गरिएको उनको आरोप थियो। ‘पात्र मात्र गलत होइनन्, यो सिस्टम पनि गलत छ। निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ। यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad