राजनीति


अमरेश सिंहको दबाबपछि बालेनले परिवर्तन गरे रुट, हरिवन-नयाँरोड र बरहथवाका समर्थक हेरेको हेर्‍यै

अमरेश सिंहको दबाबपछि बालेनले परिवर्तन गरे रुट, हरिवन-नयाँरोड र बरहथवाका समर्थक हेरेको हेर्‍यै

नेपालखबर
माघ २८, २०८२ बुधबार १०:५८, काठमाडौँ

अमरेश सिंहको दबाबपछि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्लाही सदरमुकाम मलंगवा हुँदै सर्लाही क्षेत्र नम्बर ४ तर्फ लागेका छन्। 

मधेसको चुनावी यात्रामा रहेका बालेन बुधबार सर्लाहीसहित पश्चिम मधेसका जिल्लाको भ्रमणमा छन्। तर, बालेनको सचिवालयले सर्लाही ४ लाई आजको सेड्युलमा राखेको थिएन। 

उनको सचिवालयले सार्वजनिक गरेको सेड्युलअनुसार बुधबार बिहान साढे आठबजेतिर बालेन लालबन्दी आइपुगेका थिए। त्यसपछि उनी नवलपुर, हरिवन, नयाँरोड, बरहथावा हुँदै रौतहट जाने तालिका थियो। 

तर, बालेन सेड्युल विपरित नवलपुरबाट मलंगवातर्फ लागेका हुन्। 

‘नवलपुरबाट हाम्रो गाडी हरिवनतर्फ अघि बढ्यो, उहाँ (बालेन)को गाडि पछिपछि थियो,’ रास्वपा सर्लाहीका सभापति सरोज बानियाँले भने, ‘तर नवलपुरबाट हरिवनतर्फ आइसकेको उहाँहरूको गाडि तीनघरेतिरबाट फर्किएर फेरि मलंगवातर्फ लागेछ। यो जानकारी हामीलाई भएन।’

यसबाट बालेनको स्वागतको लागि हरिवन, नयाँरोड र बरहथवामा भेला भएका उनका समर्थकहरू निराश भएका छन्। 

बालेनले लालबन्दीमा जीपबाट टाउको निकालेर घण्टी बजाएका थिए। तर उनी नवलपुरमा भने सार्वजनिक नै भएनन्।

बालेनको स्वागत गर्न हरिवन बजारस्थित महेन्द्र राजमार्ग दायाँबायाँ बुधबार बिहानदेखि ठूलो संख्यामा रास्वपाका नेता कार्यकर्तासहित सर्वसाधारण बसेका थिए। 

सर्लाही ४ मा रास्वपाले कांग्रेसका पुराना नेता डा.अमरेश सिंहलाई उम्मेदवार बनाएको छ। जहाँबाट कांग्रेस सभापति गगनकुमार थापा पनि उम्मेदवार बनेका छन्। 

नेता बानियाँले मलंगवाबाट अमरेशकुमारको क्षेत्र हुँदै अब बालेन बरहथवा निस्कने बताए।

‘उहाँ अब चमेलीमाई मन्दिरको दर्शन गर्दै सर्लाह ४ का एकदुई ठाउँका कार्यक्रम सकेर बरहथवा निस्कनुहुन्छ,’ बाँनियाले भने, ‘हामी बरहथवामा उहाँलाई स्वागत गर्न बसेका छौँ। यहाँबाट हरिवनसम्म बालेनलाई लैजाने प्रयास हाम्रो रहन्छ।’

अमरेश सिंहले बालेनको कार्यक्रममा केही संशोधन भएको जानकारी दिएका छन्। उनले अब बालेन कौडेना हुँदै गोडैटा बजारबाट बरहथवा जाने कार्यक्रम तय भएको बताए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad