राजनीति


बागलुङमा मोहनविक्रम र प्रचण्ड एउटै मञ्चमा, मागे सँगै भोट

बागलुङमा मोहनविक्रम र प्रचण्ड एउटै मञ्चमा, मागे सँगै भोट

नेपालखबर
माघ २८, २०८२ बुधबार २०:३१, काठमाडौँ

बागलुङमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा भोट मागेका छन्। 

बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नेता एकै मञ्चमा उपस्थित भएर नेकपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउन आह्वान गरेका हुन्। 

कार्यक्रममा मसाल महामन्त्री सिंहले देशको राष्ट्रियता अहिले नाजुक अवस्थामा रहेको भन्दै अमेरिकाले नेपालमा नयाँ दलको नाममा आफ्नो कठपुतली खडा गर्न खोजेको आरोप लगाए। उनले देशभक्त तथा जनतान्त्रिक उम्मेदवारहरूलाई विजय गराउन आवश्यक रहेको बताए। 

कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि मुलुकमा असाधारण परिस्थिति विकास भएको भन्दै जनताले निकै सचेत भएर मतदान गर्नुपर्ने बताए।

बागलुङ १ मा राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार छन्।

बागलुङ १ मा यसअघि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र २ बाट तत्कालीन माओवादी केन्द्रका देवेन्द्र पौडेलले चुनाव जितेका थिए।

हाल केसी समानुपातिक उम्मेदवार छन् भने पौडेल नवलपरासी झरेका छन्।

बागलुङमा चित्रबहादुर केसीको विरासत जोगाउने जिम्मा ‘कृष्णदाइ’को काँधमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad