संसदीय निर्वाचनमा शर्मनाक हार ब्यहोरे पनि नेपाली कांग्रेसले सातै प्रदेशको उपस्थितिसहित १७ सिट जितेको छ। प्रत्यक्षतर्फ १६५ मा १७ सीट मात्र जित्दा कांग्रेस सबै प्रदेशमा निल हुनबाट जोगिएको हो। नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ।
कांग्रेसका निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काको गृह प्रदेश कर्णालीमा कांग्रेसले २०७९ को चुनावभन्दा राम्रो परिणाम निकालेको छ। गत निर्वाचनमा गठबन्धनको बलमा ४ सिट जितेको कांग्रेसले अहिले एक्लै लड्दा पनि ५ सीट जित्न सफल भएको छ। ६ वटा प्रदेश रास्वपामय हुँदा पनि कर्णाली अछुतो देखियो। रास्वपा दुई तिहाइ उन्मुख देखिँदा कर्णालीमा १ सिटमै सीमित भएको छ।
कोशी प्रदेशका २८ निर्वाचन क्षेत्र मध्ये पाँचथर, सोलुखुम्बु र तेह्रथुम गरी ३ सिट जितेको छ।
कांग्रेसबाट पाँचथर नरेन्द्र कुमार केरुङ, तेह्रथुममा सन्तोष सुब्वा र सोलुखुम्बुमा प्रकाश सिंह कार्की निर्वाचित भएका छन्। रास्वपाले १८ र श्रम संस्कृति पार्टीले ३ सिट जित्दा एमालेको ३ मा जित र २ मा अग्रता छ। मधेस प्रदेशमा क्लिनस्वीप गर्न कांग्रेसले रोकेको छ। ३२ वटा निर्वाचन क्षेत्र मध्ये ३० मा रास्वपाले जित्दा रौटहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित भएका छन्। धनुषा–१ को मतगणना भइरहेको छ।
धनुषा–१ मा रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज भएपनि चुनाव चिह्न ‘घण्टी’ मतको ओइरो लागिरहेको छ। उम्मेदवारी खारेजीको निर्णयविरुद्ध रासवपाका उम्मेदवार साह सर्वोच्च अदालत गएकाले निर्वाचन आयोगले अदालतबाट आदेश नहुँदासम्म धनुषा–१ को पत्यक्षतर्फको मतपरिणाम घोषणा नगर्न पत्र पठाएको छ। बागमती प्रदेशका ३३ सिटमा पनि कांग्रेस निल हुनबाट जोगिएको छ। कांग्रेसबाट रसुवामा मोहन आचार्य निर्वाचित भएका छन्।
बागमती प्रदेशमा एमाले निल हुँदा नेकपाबाट सिन्धुपाल्चोक– २ मा युवराज दुलाल निर्वाचित भएका छन्। गण्डकी प्रदेशका १८ सिटमा रास्वपाले १३ सिट जित्दा मनाङ र मुस्ताङ जितेर कांग्रेस निल हुनबाट रोगिएको छ। नेकपा एमाले र नेकपा भने गण्डकीमा निल भएका छन्।
गोरखा–१ र २ मा रास्वपाको अग्रता बढ्दो छ भने म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्। महावीर पुनलाई रास्वपाको समर्थन थियो। लुम्बिनीका २६ सिटमा रास्वपाले २० सिट जितिसकेको छ भने बर्दिया–२ मा अग्रता लिरहेको छ।
कांग्रेसबाट पाल्ला–१ मा सन्दीप राना र कपिलवस्तु ३ मा अभिषेश प्रताप शाह निर्वाचित भएका छन्। नेकपाबाट रोल्पामा वर्षमान पुन र रुकुम पूर्वमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् भने एमालेबाट बाँके २ मा मोहमद इश्तियाक राईले लुम्बिनीमा निल हुनबाट जोगाएका छन्। कर्णाली प्रदेशका १२ मा ५ सीट जितेर कांग्रेस पहिलो भएको छ।
कांग्रेसबाट मुगुमा खड्कबहादुर शाही, जाजरकोटमा खड्गबहादुर बुढा, हुम्लामा जयपती रोकाया, दैलेख१ मा बासना थापा र सुर्खेत १ मा विष्णुबहादुर खड्का निर्वाचित भएका छन्। नेकपाबाट कालिकोटमा महेन्द्रबहादुर शाही, सल्यानमा रमेश मल्ल, रुकुम पश्चिममा गोपाल शर्मा र डोल्पामा धनबहादुर बुढा विजयी भएका छन्। कर्णालीमा रास्वपाबाट सुर्खेत–१ मा रमेश कुमार सापकोटा निर्वाचित भएका छन् भने राप्रपाबाट जुम्लामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन्। सुदूरपश्चिमका १६ मा रास्वपाले १० सिट जित्दा कांग्रेसले ३ सिट जितेको छ।
कांग्रेसबाट अछाम–१ मा भरतकुमार स्वार, डोटीबाट भरत खड्का र बाजुराबाट जनक गिरी निर्वाचित भएका छन्। एमालेबाट बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना निर्वाचित भएका छन् भने अछाम–१ मा एमालेको अग्रता छ। सुदूरपश्चिमा नेकपा नील भएको छ भने २०७९ माा ३ सिट जितेको रेशम चौधरी नेतृत्वको नागरिक उन्मक्ति पार्टी नेपाल शून्य हुन पुग्यो।
Shares

प्रतिक्रिया