प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फको मतगणनामा पनि अघि देखिएको छ। विगतका निर्वाचनमा समानुपातिकतर्फ 'नम्बर वान' शक्तिको रूपमा दबदबा कायम गर्दै आएको नेकपा (एमाले) यसपटक तेस्रो स्थानमा झरेको छ।रास्वपाले २२ लाखभन्दा बढी मतसहित पहिलो स्थान कब्जा गर्दा केपी शर्मा ओलीको एमाले ठूलो मतान्तरले पछि पारेको हो। राष्ट्रिय दल बन्ने पार्टीले समानुपातिक सिट पाउँछन्।
राष्ट्रिय दल बन्न के छ कानुनी प्रावधान?
मतगणनाको यो लहरसँगै कुन दल 'राष्ट्रिय पार्टी' बन्ने भन्ने बहस सुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राष्ट्रिय दलको मान्यता पाउन दुईवटा अनिवार्य सर्त पूरा गर्नुपर्ने हुन्छ:
समानुपातिकतर्फको पछिल्लो मत परिणाम:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): २५,४९,४६७
नेपाली कांग्रेस: ८,५९,६९६
नेकपा (एमाले): ७,३९,१२८
नेपाली कम्युनिष्ट पार्टी: ३,५२,०३५
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): १,८४,४७३
श्रम संस्कृति पार्टी: १,३१,५९७
मतगणनाको यो लहरसँगै कुन दल 'राष्ट्रिय पार्टी' बन्ने भन्ने बहस सुरु भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार राष्ट्रिय दलको मान्यता पाउन दुईवटा अनिवार्य सर्त पूरा गर्नुपर्ने हुन्छ:
१. प्रत्यक्षतर्फ कम्तिमा १ सिट जित्नुपर्ने,
२. समानुपातिकतर्फ कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत (थ्रेसहोल्ड) कटाउनुपर्ने ।
यदि कुनै दलले प्रत्यक्षमा सिट जितेर पनि ३ प्रतिशत मत पुर्याउन सकेन भने वा ३ प्रतिशत मत ल्याएर पनि प्रत्यक्षमा एक सिट पनि जित्न सकेन भने, त्यस्तो दलले 'राष्ट्रिय दल'को मान्यता पाउने छैन। यस्तो अवस्थामा निर्वाचित हुने सांसदहरूको हैसियत 'स्वतन्त्र सांसद' सरह हुने कानुनी व्यवस्था छ।
अहिलेसम्मको नतिजा हेर्दा रास्वपा, कांग्रेस, एमाले सजिलै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिन्छ। नेकपाले पनि राष्ट्रिय दल बन्नेतर्फ उन्मुख छ। श्रम संस्कृति, राप्रपा, अरू लागि भने ३ प्रतिशतको 'थ्रेसहोल्ड' फलामको चिउरा बन्ने संकेत देखिएको छ।
Shares

प्रतिक्रिया