प्रतिनिधि सभा निर्वाचिनको समानुपातिकतर्फ सोमबार बिहान १ बजेसम्म ६७ लाख २० हजार ७२१ मत गणना भएका छन्।
निर्वाचन आयोगका अनुसार, अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३२ लाख ८० हजार ३६७ मत प्राप्त गरेको छ। यो भनेको ४८.८ प्रतिशत हो।
दोस्रोमा रहेको नेपाली कांग्रेसले ११ लाख ६ हजार ७१५ मत प्राप्त गरेको छ। कांग्रेसले प्राप्त गरेको १६.४६ प्रतिशत हो।
यस्तै, नेकपा (एमाले)ले ९ लाख ४१ हजार ७६५ मत पाएको छ। तेस्रो नम्बरमा रहेको एमालेको १४.०१ प्रतिशत हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) चौथो नम्बरमा रहेको छ। नेकपाले ४ लाख ७० हजार २४६ अर्थात ६.९९ प्रतिशत मत पाएको छ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि राष्ट्रिय दलको मान्यता पाउने लक्ष्यमा देखिएको छ। राप्रपाले २ लाख ३२ हजार ३५ अर्थात ३.४५ प्रतिशत मत पाएको छ। राष्ट्रिय दलको मान्यता पाउन कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ।
यसैगरी, छैटौँ नम्बरमा रहेको श्रम संस्कृति पार्टीले १ लाख ९१ हजार १३१ मत पाएको छ। यो भनेको २.८४ प्रतिशत हो।
अहिलेसम्म जनता समाजवादी पार्टी नेपालले ९४ हजार २५ अर्थात १.३९ प्रतिशत मत पाएको छन। अन्य दल भने राष्ट्रिय दलको मान्यता पाउने बाटोमा देखिँदैनन्।
Shares

प्रतिक्रिया