राजनीति


रविले बोलाए रास्वपा सचिवालय बैठक, यस्ता छन् ६ एजेन्डा

रविले बोलाए रास्वपा सचिवालय बैठक, यस्ता छन् ६ एजेन्डा

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १९:२०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार सचिवालय बैठक बोलाएका छन्।

काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न साढे ३ बजे सचिवालय बैठक बोलाइएको रास्व्पाले जनाएको छ। सचिवलायमा बैठकका लागि ६ वटा एजेन्डा तय गरिएका छन्।

पहिलो, रास्वपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८३ बारे छलफल हुनेछ। रास्वपाले जिल्ला अधिवेशनको तयारी गरिरहेको छ। 

दोस्रो, बैंक खाता सञ्चालन सम्बन्धी एजेन्डा रहेको छ। तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन रहेको छ। 

चौथो, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धी रहेको छ। रास्वपाले गत वर्ष गर्ने भनेको महाधिवेशन प्रतिनिधि सभाको निर्वाचनका कारण सारिएको थियो। 

पाँचौ एजेन्डामा विज्ञहरू, योजनाहरू आह्वान गर्ने सम्बन्धी छ। रास्वपाले विभिन्न विषयका विज्ञहरू बोलाउने र उनीहरूबाट योजनाहरू माग्ने भएको छ। विज्ञहरूले दिने योजना कार्यान्वयन गर्ने रणनीति अपनाएको छ। 

छैटौँ विविध अन्तर्गत प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिितको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषय रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad