भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले बुधबार बिहान आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट एलभीएम३-एम६ रकेट प्रयोग गरेर अमेरिकी उपग्रह ब्लुबर्ड ब्लक-२ प्रक्षेपण गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ६,१०० किलोग्राम तौल भएको ब्लुबर्ड भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै भारी उपग्रह हो।
इसरोका अध्यक्ष वी. नारायणनले यसलाई देशको लागि एक प्रमुख उपलब्धि भनेका छन्।
यसअघि नोभेम्बरमा प्रक्षेपण गरिएको एलभीएम३-एम५ सञ्चार उपग्रह-०३ को तौल लगभग ४,४०० किलोग्राम थियो र यसलाई भू-सिंक्रोनस स्थानान्तरण कक्ष (जीटीओ) मा राखिएको थियो।
ब्लुबर्ड ब्लक-२ प्रक्षेपण गर्ने एलभीएम३-एम६ रकेटको तौल ६४० टन छ, यो भारतको सबैभन्दा गह्रौँ प्रक्षेपण यान हो।
ब्लुबर्ड ब्लक-२ नेक्स्ट-जेन कम्युनिकेसन सेटलाइट हो, जसको उद्देश्य साधारण स्मार्टफोनमा सिधै उच्च-गतिको सेलुलर ब्रोडब्यान्ड कनेक्टिभिटी प्रदान गर्नु हो।
यसले पृथ्वीको कुनै पनि ठाउँबाट फोर-जी र फाइभ-जी भ्वाइस कल, भिडिओ कल, सन्देश, स्ट्रिमिङ र डेटा सेवा प्रदान गर्नेछ। यो मिसन न्युस्पेस इन्डिया लिमिटेड (एनएसआईएल) र अमेरिकामा आधारित एएसटी स्पेसमोबाइल (एएसटी एन्ड साइन्स, एलएलसी) बीचको व्यावसायिक सम्झौताको एक हिस्सा हो। न्युस्पेस इन्डिया इसरोको व्यावसायिक शाखा हो।
इसरोका अनुसार, लगभग ४३.५ मिटर अग्लो एलभीएम३-एम६ रकेट बुधबार बिहान ८:५४ बजे श्रीहरिकोटाको दोस्रो प्रक्षेपण प्याडबाट उडान भर्यो। लगभग १५ मिनेटको उडानपछि ब्लुबर्ड ब्लक-२ उपग्रह रकेटबाट अलग भयो र अन्तरिक्षबाट लगभग ५२० किलोमिटर थि कम पृथ्वी कक्ष (एलईओ) मा सफलतापूर्वक स्थापित भयो।
रकेट बुधबार बिहान ८:५५:३० बजे ९० सेकेन्ड ढिला प्रक्षेपण गरिएको थियो। यो बिहान ८:५४ बजे प्रक्षेपण गर्ने तालिका थियो।
इसरोका अनुसार, हजारौँ सक्रिय उपग्रह श्रीहरिकोटा अन्तरिक्ष क्षेत्रमाथि निरन्तर गुज्रिरहेका थिए। अन्य उपग्रहसँग ठोक्किने जोखिमका कारण मिसनको प्रक्षेपण समय ९० सेकेन्ड बढाइएको थियो।
उपग्रह प्रक्षेपणप्रति खुसी व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा लेखेका छन्, "भारतको अन्तरिक्ष क्षेत्रका लागि एक प्रमुख उपलब्धि। एलभीएम३-एम६ को सफल प्रक्षेपण, जसले अमेरिकी अन्तरिक्षयान ब्लुबर्ड ब्लक-२ भारतीय माटोबाट प्रक्षेपण गरिएको सबैभन्दा भारी उपग्रहलाई यसको अर्बिट कक्षमा पुर्यायो।’
‘यो भारतको अन्तरिक्ष यात्रामा गर्वको क्षण हो... यसले आत्मनिर्भर भारततर्फको हाम्रो प्रयासलाई पनि प्रतिबिम्बित गर्दछ।’
भिडिओ :
A significant stride in India’s space sector…
— Narendra Modi (@narendramodi) December 24, 2025
The successful LVM3-M6 launch, placing the heaviest satellite ever launched from Indian soil, the spacecraft of USA, BlueBird Block-2, into its intended orbit, marks a proud milestone in India’s space journey.
It strengthens… pic.twitter.com/AH6aJAyOhi
Shares

प्रतिक्रिया