प्रविधि


२०२५ मा टिकटक : नेपालबाट जसलाई सर्वाधिक खोजियो

२०२५ मा टिकटक :  नेपालबाट जसलाई सर्वाधिक खोजियो

नेपालखबर
पुस १६, २०८२ बुधबार १९:३०, काठमाडौँ

टिकटकले सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। उक्त सूचीले वर्षभरि नेपाली प्रयोगकर्ताहरू चाडपर्व, संगीत ट्रेन्ड, घुमफिरका गन्तव्य, मनोरञ्जन र दैनिक जीवनका उपयोगी जानकारीप्रति कत्तिको जिज्ञासु थिए भन्ने झल्को दिन्छ।

यस वर्षको सर्च ट्रेन्डले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी माध्यमका रूपमा बलियो बन्दै गएको देखाएको छ। दशैं–तिहार र तीजसँग सम्बन्धित सामग्रीदेखि खाना पकाउने रेसिपी, समाचार अपडेट, यात्रा योजना र स्थानीय सिफारिससम्मका खोजहरू टिकटकमा व्यापक रूपमा भएका छन्।

टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने, ‘टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। मानिसहरू अब भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भ खोजिरहेका छन्। यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र दैनिक जिज्ञासासँग जोडिरहेको देखाउँछ।’

टिकटकका अनुसार २०२५ का सर्चहरूले उद्देश्यसहितका खोजहरूलाई उजागर गरेका छन्। यात्राका गन्तव्य, चर्चित सेलिब्रिटी, खेलकुद, प्रविधि, ट्रेन्डिङ विषय र भाइरल क्षणहरू नेपाली प्रयोगकर्ताको चासोको केन्द्रमा रहे। प्रमुख समाचार र सार्वजनिक घटनाबारे अपडेट रहन पनि प्रयोगकर्ताहरू टिकटक सर्चमा निर्भर देखिएका छन्।

२०२५ को अन्त्यसँगै सार्वजनिक गरिएको यो सूचीले सामूहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर–केन्द्रित खोजहरूले भरिएको वर्ष रहेको संकेत गर्छ। टिकटकले नेपालमा सिर्जनशील र सशक्त कम्युनिटीलाई निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ।

सेलिब्रिटी

  • प्रियंका कार्की

  • राजेश हमाल

  • स्वस्तिमा खड्का

  • रेखा थापा

  • मदन कृष्ण श्रेष्ठ

टिकटक क्रिएटर

  • सिम्पल खरेल

  • आश्मा विश्वकर्मा

  • रचना रिमाल

  • अनमोल केसी

  • आना शर्मा

खेलाडी

  • साम्बा

  • बिमल घर्ती मगर

  • दिपेन्द्र सिंह ऐरी

  • एम्बाप्पे

  • मेस्सी

स्थान

  • मुस्तांग

  • मनाङ

  • नर्थ अन्नपूर्ण बेस क्याम्प

  • पशुपतिनाथ मन्दिर

  • भीमसेनस्थान मन्दिर

टिभी शो / ड्रामा

  • बिग बस

  • परान

  • जेरी अन टप

  • जारी २

  • रोडिज सिजन ७

ट्रेन्डिङ क्षण

  • तीज

  • कुकुर तिहार

  • मिस ग्राण्ड नेपाल

  • रुटिन अफ नेपाल बन्द

  • एनपीएल सिजन २

गीत / साउन्डट्र्याक

  • ठुमक ठुमक जानीए माहिए दे नाल

  • आइसक्रिम खाउंगी काश्मिर जाउंगी

  • माया गर्नु ल

  • वाक्क लाग्दो संसार

  • सारी लायर आएँ भने

खाना / रेसिपी

  • हत्क्युला फ्रुट

  • स्टिम चिकेन रेसिपी

  • सेलरोटी रेसिपी

  • सिंगडा रेसिपी

  • पक्कु रेसिपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad