प्रविधि


एआईको मद्दतमा अश्लील भिडिओ बनाएको भन्दै 'एक्स'लाई भारत सरकारको 'नोटिस'

एआईको मद्दतमा अश्लील भिडिओ बनाएको भन्दै 'एक्स'लाई भारत सरकारको 'नोटिस'

नेपालखबर
पुस १९, २०८२ शनिबार ७:१७, काठमाडौँ

भारत सरकारले सामाजिक सञ्जाल प्लाटफर्म एक्सविरुद्ध 'अश्लील र आपत्तिजनक' सामग्री सिर्जना र प्रकाशन गरेको भन्दै 'नोटिस' जारी गरेको छ।

भारतको सूचना प्रविधि मन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ, 'समय समयमा रिपोर्ट गरिएको छ कि तपाईंको प्लाटफर्ममा प्रसारित केही प्रकारका सामग्री शालीनता र अश्लीलतासँग सम्बन्धित नियमविपरीत छन्।'

पत्रमा अगाडि भनिएको छ, 'विशेष गरी प्रयोगकर्ताहरूले एक्स प्लाटफर्ममा एकीकृत ग्रोक एआई नामक सेवाको दुरुपयोग गरिरहेको देखिएको छ। प्रयोगकर्ताहरूले महिलाको बदनाम गर्न अश्लील तस्बिर वा भिडिओ बनाउन, प्रकाशित गर्न र साझेदारी गर्न फेक अकाउन्ट सिर्जना गरिरहेका छन्।'

'यसले प्लाटफर्म-स्तरीय सुरक्षा उपाय र प्रवर्तन अभ्यासमा गम्भीर असफलता संकेत गर्दछ। यो कानुनको उल्लङ्घनमा कृत्रिम बुद्धिमत्ताको दुरुपयोग हो।'

मन्त्रालयले यस सम्बन्धमा तत्काल कारबाही गर्न र सरकारलाई यो मामिला रिपोर्ट गर्न एक्स इन्डियालाई निर्देशन दिएको छ।

यसअघि शिव सेना (यूटीबी) राज्यसभा सांसद प्रियंका चतुर्वेदीले यस सम्बन्धमा कारबाही माग गर्दै सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवलाई पत्र लेखेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad