हिउँदयाम नजिकिँदै जाँदा चिसो बढ्नाका साथै देशका विभिन्न स्थानमा हुस्सु/कुहिरो पनि लाग्न थालेको छ।
यसै क्रममा अहिले साँझ पनि तराईका धेरै स्थान र पहाडी क्षेत्रका समेत थोरै स्थानमा हुस्सु/तुवाँलो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले मंगलबार साँझ ६ बजे जनाएको छ।
यसअघि बिहान-बिहान मात्र देखिने गरेको हुस्सु/तुवाँलो अबदेखि साँझपख पनि लाग्न थालेको हो।
मौसम महाशाखाका अनुसार आज राति कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि छ।
अहिले नेपालमा पोस्ट मनसुन सिजन छ। यो सिजन यही नोभेम्बर महिनाभर रहन्छ।
डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम लाग्छ।
हिउँदयाम नजिकिँदै गरेकाले देशभर चिसो बढ्दै गएको हो।
534
Shares

प्रतिक्रिया