समाज


बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम थप घट्यो

बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम थप घट्यो

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ६:४१, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज (बुधबार) बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो।

'हिजो (मंगलबार) १०.१ डिग्री सेल्सियस थियो', उनले नेपालखबरसँग भने, 'आज १० डिग्री सेल्सियसमा झरेको हो।,

मौसम महाशाखाको तथ्यांकअनुसार काठमाडौँका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यसबेलाासम्म तापक्रम अरू घट्ने सम्भावना हुन्छ अथवा यही कायम पनि रहन सक्छ।

मौसमविद् लामिछानेका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना देखिएको छैन।

'आज उपत्यकाको मौसम आंशिक बदली (आकाशमा पातलो बादल) देखि मुख्यतया सफा (आकाश सफा) रहने देखिन्छ', उनलेे भने।

हिउँद लागेयता काठमाडौँ उपत्यकासहित देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad