समाज


आज कहाँ कति चिसो, हेर्नुहोस् तापक्रम सूची

आज कहाँ कति चिसो, हेर्नुहोस् तापक्रम सूची

फाइल तस्बिर : काठमाडौँ


नेपालखबर
पुस ८, २०८२ मंगलबार २०:०, काठमाडौँ

देशभर चिसो बढ्ने क्रम जारी छ। खासगरी तराई क्षेत्रमा हुस्सु/कुहिरोले जनजीवन कष्टकर बनाएको छ। 

यसैबीच मौसम महाशाखाले आज (मंगलबार) देशका कुन-कुन स्थानमा तापक्रमको अवस्था कस्तो छ भन्ने विषयमा तथ्या‌ंक सार्वजनिक गरेको छ। 

जसअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ३ दशमलव ० अर्थात् ३.० डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनुषाको जनकपुर र झापाको चन्द्रगढीमा समान १३ दशमलव ४ अर्थात् १३.४ डिग्री सेल्सियस छ। 

यसैगरी आज सबैभन्दा कम अधिकतम तापक्रम डोटीको दिपायलमा २५ दशमलव २ अर्थात् २५.२ डिग्री सेल्सियस छ भने सबैभन्दा कम अधिकतम तापक्रम कैलालीको धनगढीमा १३ दशमलव १ अर्थात् १३.१ डिग्री सेल्सियस छ। 

यसैबीच काठमाडौँ उपत्यकामा भने आज अधिकतम १८ दशमलव ३ अर्थात् १८.३ तथा न्यूनतम तापक्रम ४ दशमलव ९ अर्थात् ४.९ डिग्री सेल्सियस छ। 

मौसमविद्का अनुसार सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हुन्छ। 

हरेक दिन न्यूनतम बिहान ८;४५ बजे र अधिकतम तापक्रम साँझ ५;४५ बजे मापन गरिन्छ।

न्यूनतम तापक्रमले रातभर तथा बिहान कति चिसो वा तातो थियो भनेर देखाउँछ भने अधिकतम तापक्रमले दिनभर अर्थात् साँझपख मौसम कति चिसो वा तातो थियो भनेर जनाउँछ।

मौसमविद्का अनुसार रातभर आकाश बादलले ढाक्यो भने न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रह्यो भने घट्छ। अनि यसको ठिक उल्टो दिनभर बादल लाग्यो भने अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएर घाम लाग्यो भने बढ्छ। 

हेर्नुहोस् तापक्रम सूची :

यो पनि : तराईका धेरै स्थानमा हुस्सु-कुहिरो, सडक तथा हवाई यातायातमा पर्न सक्छ असर 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad