समाज


चार डिग्री सेल्सियसबाट पनि तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

चार डिग्री सेल्सियसबाट पनि तल झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस २१, २०८२ सोमबार ६:५७, काठमाडौँ

देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ। 

यसै क्रममा आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो। 

अझ यो सुरुवाती मापन हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ। 

यसअघि हिजो (आइतबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस थियो। अधिकतम तापक्रम भने १५.३ डिग्री सेल्सियस थियो।

काठमाडौँसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ। 

हिजो आइतबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६ दशमलव ३ अर्थात् -६.३ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको तथ्या‌ंकले देखाएको छ। 

यस्तै हिजो सबैभन्दा कम अधिकतम तापक्रम भने मुस्ताङको सदरमुकाम जोमसोममा ७.६ डिग्री सेल्सियस थियो।

यसैगरी हिजो सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी विमानस्थलमा १३ डिग्री सेल्सियस थियो भने सबैभन्दा बढी अधिकतम तापक्रम डोटी जिल्लाको दिपायलमा २२.१ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

यस्तो थियो आइतबारको तापक्रम सूची 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad