केही दिनयता देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ।
यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीनदेखि लगातार ३ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (बिहीबार) पनि ३ दशमलव शून्य डिग्री सेल्सियस नै छ। काठमाडौँमा गत मंगलबारदेखि न्यूनतम तापक्रम यही छ।
यस्तै आज देशभरमा सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् -८.१ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ।
अहिलेसम्म उपलब्ध तथ्यांकअनुसार आज सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाराको सिमरामा ९ दशमलव ८ अर्थात् ९.८ डिग्री सेल्सियस छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् तापक्रम सूची (नोट : न्यूनतम आजका हुन् भने अधिकतम हिजोका)

Shares

प्रतिक्रिया