समाज


सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

सुरुवाती मापनमै ३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

नेपालखबर
पुस २५, २०८२ शुक्रबार ६:५, काठमाडौँ

आज (शुक्रबार) सुरुवाती मापनमै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ। 

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ।

हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८:४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो। 

गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियस रहेकामा आज सुरुवाती मापनमै यति देखिएकाले त्यसभन्दा पनि तल झर्ने सम्भावना देखिन्छ।  

बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् -८.१ डिग्री सेल्सियस देखिएको थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।   

बिहीबार यस्तो थियो न्यूनतम-अधिकतम तापक्रम सूची

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad