आज शनिबार, २६ पुस २०८२ (१० जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: रमणीय र सुखद यात्राको योग छ। काम गर्ने जोस, जाँगर बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। कार्य सम्पादनमा सहजता होला। आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृष: शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। सुन्दरतामा धन खर्च हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा हुनेछ।
भाग्यशाली रङ निलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।
मिथुन: आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला। नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ।
भाग्यशाली रङ घ्यु रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४५, व्यापारमा ३७, वैदेशिक कार्यमा ६० र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
कर्कट: सामाजिक तथा मित्रवत् भेटघाटले मन प्रसन्न रहनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइनेछ। कृषि कार्यहरू अघि बढ्नेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।
सिंह: सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। शुभकार्यको चर्चा चल्नेछ। शुभ मन्त्र- फरक सोचले नै सफलता दिलाउँछ।
भाग्यशाली रङ आकासे र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ७७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या: आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ। रमाइलो यात्राको योग छ। शुभ कार्यमा सरिक भइनेछ। शुभ मन्त्र- निरन्तरता नै मेरो सुपर पावर हो।
भाग्यशाली रङ घ्यु रङ र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
तुला: मन भावुक र उत्ताउलो बन्न सक्छ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च बढ्नेछ। सानातिना समस्यामा अल्झनुपर्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ४१, वैदेशिक कार्यमा ७० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृश्चिक: सफल यात्राको योग छ। आँटे-ताकेको पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। बोलीको प्रभाव बढ्नेछ।
भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
धनु: अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। धार्मिक यात्राको योग छ। नयाँ कामको थालनी हुनेछ। रमाइलो यात्रा होला।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: लक्ष्मी प्रसन्न हुने योग छ। मनोरञ्जनमा सहभागी भइएला। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। पुनर्मिलनको योग छ। शुभ मन्त्र- मेहनतले भोलिको पहिचान बनाउँछ।
भाग्यशाली रङ हरियो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कुम्भ: नयाँ अवसर प्राप्त हुने सङ्केत छन्। नयाँ कार्यको योजना बन्नेछ। धैर्य र निरन्तरताले सफलता दिलाउनेछ। जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मीन: रोकिएका योजना अघि बढ्नेछन्। भावनात्मक स्थिरता आवश्यक छ। परिश्रमअनुसारको फल प्राप्त होला। प्राविधिक काममा सफलता मिल्नेछ। धार्मिक यात्राको योग छ। नयाँ कामको थालनी हुनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६३, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
Shares

प्रतिक्रिया