समाज


काठमाडौँ आज थप चिसो, सुरुमै न्यूनतम तापक्रम ३ डिग्रीमुनि

काठमाडौँ आज थप चिसो, सुरुमै न्यूनतम तापक्रम ३ डिग्रीमुनि

नेपालखबर
पुस २६, २०८२ शनिबार ६:३६, काठमाडौँ

काठमाडौँ उपत्यका आज (शनिबार) थप चिसो भएको छ। सुरुवाती मापनमै यहाँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा मुनि झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस देखिएको हो।

यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ।

हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ३ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २.४ मा झरेको थियो। सबैभन्दा तल पुगेको तापक्रम नै त्यस दिनको न्यूनतम तापक्रम हो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।   

शुक्रबार यस्तो थियो तापक्रम सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad