नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा टिप टप न्यु डायमन्ड युथ स्पोर्टस क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मी शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन्।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बुधबारदेखि सुरु नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घघाटनमा सुमित्रा सम्मानित भएकी हुन्।
प्रतिष्ठानले सुमित्रालाई अवार्डसहित ५० हजार रुपैयाँले सम्मान गरेको हो। प्रतिष्ठानले हरेक संस्करणमा एक जना खेलाडीलाई स्पेशल अवार्ड प्रदान गर्दै आएको छ।
51
Shares

प्रतिक्रिया