खेल


करातेकी एरिका र क्रिकेटका दीपेन्द्र बने वर्षका उत्कृष्ट खेलाडी

करातेकी एरिका र क्रिकेटका दीपेन्द्र बने वर्षका उत्कृष्ट खेलाडी

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
पुस २३, २०८२ बुधबार १९:४४, काठमाडौँ

करातेकी एरिका गुरुङले लगातार दोस्रो पटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्। 

पोखरामा बुधबार भएको पल्सर स्पोर्टस् अवार्डमा करातेकी एरिकाले वर्ष महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी हुन्। एरिकाले प्लेयर अफ दि इयर २०८० र २०८१ मा लगातार अवार्ड हात पारेकी हुन्। 

उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड क्रिकेटका दीपेन्द्रसिंह ऐरीले पाएका छन्। राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका दीपेन्द्रले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड हात पारेका हुन्। 

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइस अवार्ड जितेका छन्। गण्डकी प्रदेशका हिमालले सर्वाधिक मत ल्याउँदै पिपुल्स च्वाइज अवार्ड जितेका हुन्। 

वर्ष प्रशिक्षकको अवार्ड पारा तेक्वान्दोका कविराज नेगी लामाले पाएका छन्। पारा एथलिट अवार्डबाट प्रभा आङदेम्बे पुरस्कृत भएकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad