खेल


पुलिस क्लबको लगातार दोस्रो जित, आर्मी पराजित

पुलिस क्लबको लगातार दोस्रो जित, आर्मी पराजित

नेपालखबर
पुस २४, २०८२ बिहिबार १७:५७, काठमाडौँ

केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ। 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो। राउन्ड रोबिनको आफ्नो दोस्रो खेलमा पुलिस क्लबले आर्मीलाई २०-२५, २५-१९, २४-२६, २५-२० र १५-११ ले हराएको हो। 

पुलिस क्लबले आफ्नो पहिलो खेलमा बुधबार एपीएफ क्लबलाई २५-२२, २५-२० र २५-२१ को सोझो सेटमा पाखा लगाएको थियो।  लगातार दोस्रो जितसँगै पुलिस क्लबले अंक तालिकामा पाँच अंक जोडेको छ। 

जितविहीन आर्मीले भने अंकको खाता खोल्न सकेको छैन। आर्मीले आफ्नो पहिलो खेलमा न्यू डायमन्डसँग सोझो सेटमा पराजय भोगेको थियो। 

पुलिस क्लबले राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा शुक्रबार टिपटप न्यू डायमन्ड स्पोर्टस् युथ क्लबसँग खेल्नेछ। त्यस्तै, दोस्रो खेलमा विभागीय डर्बीमा एपीएफ र आर्मी भिड्नेछन्। 

चार टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

 

प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो स्थानमा रहने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad