खेल


एक खेल अगावै डायमन्ड र पुलिस फाइनलमा

एक खेल अगावै डायमन्ड र पुलिस फाइनलमा

नेपालखबर
पुस २४, २०८२ बिहिबार १९:११, काठमाडौँ

केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि न्यू डायमन्ड युथ स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन्। 

प्रतियोगितामा लगातार दोस्रो जित निकालेसँगै न्यू डायमन्ड र पुलिस क्लबले उपाधि भिडन्त पक्का गरेका हुन्। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा न्यू डायमन्डले एपीएफलाई २५-१६, २५-२१, १९-२५, १९-२५ र १५-७ ले पराजित गरेको हो।

पहिलो र दोस्रो सेट लगातार आफ्नो पक्षमा पारेको न्यू डायमन्डले त्यसपछिका दुई सेट लगातार गुमाउन पुग्यो। तर अन्तिम सेट आफ्नो पक्षमा पार्दै न्यू डायमन्डले जित हात पारेको हो। 

लगातार दोस्रो जितसँगै डायमन्ड र पुलिस क्लबले समान ५ अंक जोडेका छन्। डायमन्डले लगातार दोस्रो जित निकालेसँगै एपीएफले लगातार दोस्रो हार व्यहोरेको छ। 

डायमन्डले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो। आजै भएको पहिलो खेलमा पुलिस क्लबले आर्मीमाथि ३-२ को सेटमा नै जित निकालेको थियो। 

पुलिस क्लबले राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा शुक्रबार टिपटप न्यू डायमन्ड स्पोर्टस् युथ क्लबसँग खेल्नेछ। 

त्यस्तै, दोस्रो खेलमा विभागीय डर्बीमा एपीएफ र आर्मी भिड्नेछन्। चार टोली सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्। 

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले ५ लाख रुपैयाँ तथा उपविजेता टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख २५ हजार र चौथो स्थानमा रहने टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad