खेल


ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित

ग्लोबल छनोटअघिको अभ्यास खेलमा स्कटल्यान्डसँग नेपाल पराजित

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १६:३२, काठमाडौँ

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्कटल्यान्डसँगको अभ्यास खेलमा पराजित भएको छ।

शुक्रबार भएको अभ्यास खेलमा नेपाली राष्ट्रिय महिला टोली २७ रनले पराजित भएको हो। 

स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायो ।

नेपालका लागि ओपनर सम्झना खड्का ५२ रनमा अविजित रहिन्। कविता कुँवरले १८ रनमा नटआउट रहिन्। इन्दु बर्मा २८, कविता जोशीले २२ रन थपे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रनको योगफल तयार पारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad