खेल


राखेपको निर्देशन लत्याउँदै एन्फाले निकाल्यो निर्वाचन तालिका

राखेपको निर्देशन लत्याउँदै एन्फाले निकाल्यो निर्वाचन तालिका

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १८:४५, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन विपरित अखिल नेपाल फुटबल संघ –एन्फा) ले निर्वाचन तालिका सार्वजनिक गरेको छ। 

एन्फाले शुक्रबार सामाजिक सञ्जालमार्फत निर्वाचनको तालिका सार्वजनिक गरेको हो। एन्फाले सार्वजनिक गरेको तालिका अनुसार आगामी माघ ३ गतेभित्र उम्मेदवारी निवेदन पेश गर्ने तालिका छ।

माघ ६ गते उम्मेदवारको कागजात रुजु, ६ गते नामावली प्रकाशन र ८ गते नामावली माथि दाबी विरोध र उम्मेदवारी फिर्ताको कार्यक्रम छ।

१० गते दाबी, विरोध र उम्मेदवारी फिर्तापछिको नामावली प्रकाशन र ११ गते पुनरावेदन दाबी विरोधका लागि साँझ ५ बजेसम्मको समय तोकिएको छ। 

१८ गते अन्तिम नामावली प्रकाशन र त्यसको १० दिनपछि २८ गते मतदान र मतगणनाको कार्यक्रम रहेको छ। 

एन्फाको अध्यक्ष बन्न २५ हजार र वरिष्ठ उपाध्यक्षका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। उपाध्यक्षका लागि १० हजार र सदस्यका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। 

उम्मेदवारी उपरको दाबी विरोधका लागि प्रमाणसहित १० हजार रुपैयाँ शुल्क एन्फाले तोकेको छ। 

एन्फाको वर्तमान केन्द्रीय समितिको कार्यकाल आगामी २०८३ को असार ५ गतेसम्म रहेको छ। तर पुस १६ गते बसेको केन्द्रीय समितिको बैठकले बहुमतको आधारमा कार्यकाल बाँकी छँदै माघ २८ गते झापामा केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गर्ने निर्णय गर्‍यो। 

यही निर्णयका आधारमा एन्फाले जिल्लालाई प्रतिनिधि पठाउन पत्राचार गरिसकेको छ, सार्वजनिक सूचना निकालिसकेको छ र उम्मेदवारको मनोनयन फारमसमेत वितरण सुरु गरिसकेको छ।

यता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गराएर मात्र केन्द्रिय निर्वाचन गर्न एन्फालाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad