खेल


प्रतिभा माली राष्ट्रिय महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी

प्रतिभा माली राष्ट्रिय महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी

नेपालखबर
पुस २६, २०८२ शनिबार २१:५१, काठमाडौँ

टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी प्रतिभा माली नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उपाधिसँगै उनले ५० हजार रुपैयाँ पुरस्कार हात पारिन्।

न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र प्रगति नाथ उत्कृष्ट सेटर घोषित भइन्। प्रशिक्षकतर्फ न्यु डायमन्डका कुमार राई उत्कृष्ट बने। उनको प्रशिक्षणमा न्यु डायमन्डले एक साताभित्र दुई ठूला प्रतियोगिताको उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ। गत साता सम्पन्न नवौं एनभिए क्लब च्याम्पियनसिपको उपाधि पनि न्यु डायमन्डले जितेको थियो।

व्यक्तिगत विधातर्फ एपिएफकी मिना सुनार उत्कृष्ट स्पाइकर बनिन् भने नेपाल पुलिस क्लबकी शान्तीकला तामाङ उत्कृष्ट लिबेरो र पुनम चन्द उत्कृष्ट सर्भर घोषित भइन्। सर्वोत्कृष्ट खेलाडीबाहेक अन्य उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगितामा न्यु डायमन्ड अपराजित रहँदै च्याम्पियन बन्यो। फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३-१ ले पराजित गर्दै न्यु डायमन्डले दोस्रो पटक प्रतियोगिताको उपाधि उचालेको हो। 

यसअघि एनभिए च्याम्पियनसिपको फाइनलमा पनि न्यु डायमन्डले पुलिसलाई हराएको थियो। एक साताको अवधिमा पुलिस न्यु डायमन्डसँग तीन पटक पराजित हुन पुग्यो। प्रतिभा माली यसअघि एनभिए च्याम्पियनसिपमा पनि सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

उपाधिसँगै न्यु डायमन्डले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो। उपविजेता पुलिसले २ लाख ५० हजार, तेस्रो स्थानको एपिएफले १ लाख २५ हजार र चौथो स्थानको आर्मीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार पायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad