नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख एक दिवसीय क्रिकेटको ब्याटरमा एक स्थान सुधार गर्दै ९९ स्थानमा उक्लेका छन्।
यसअघि एक सय स्थानमा रहेर आरिफ ९९ औँ स्थानमा उक्लेका हुन्। उनले कुल रेटिङ ४ सय १२ पाएका छन्। उनको करियरको उत्कृष्ट रेटिङ २०२५ मा नेदरल्यान्डविरुद्ध रहेको छ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ११ जनवरीमा अपटेड गरेको नयाँ वरीयतामा नेपालका आशिफ शेख ९० औँ र कप्तान रोहित पौडेल ९१ औँ स्थानमा यथावत छन्। टी-२० आई ब्याटिङमा भने दीपेन्द्र सिंह ऐरी एक स्थान तल झर्दै ७४ औँ स्थानमा छन्।
कप्तान रोहित पौडेल पनि एक स्थान तल झर्दै ७६ औँ स्थानमा छन्। आशिफ शेख ७७ र कुशल भुर्तेल ७८ औँ स्थानमा यथावत छन्।
ओडीआई बलिङतर्फ सन्दीप लामिछाने ४७ औँ र ललित राजवंशी ५६ औँ स्थानमा यथावत छन्।
टी-२० आईतर्फ ललित राजवंशी एक स्थान सुधार गर्दै ७८ औँ स्थानमा छन्। दीपेन्द्र सिंह ऐरि ८० औँ स्थानमा यथावत छन्।
सन्दीप लामिछाने एक स्थान सुधार गर्दै ८७ औँ स्थानमा उक्लेका छन्।
टी-२० आई अलराउण्डरमा भने दीपेन्द्र सिंह ऐरी आठौँ स्थानमा यथावत छन्। ओडीआइतर्फ पनि दीपेन्द्र ४१ औँ स्थानमा यथावत छन्।
Shares

प्रतिक्रिया