भारतीय राष्ट्रिय क्रिकेट टोलीका ब्याटर विराट कोहली आईसीसी मेन्स एक दिवसीय ब्याटरको शीर्ष स्थानमा फर्किएका छन्।
कोहलीले भारतीय टोलीकै कप्तान रोहित शर्मालाई पछि पार्दै शीर्ष स्थानमा फर्किएका हुन्। कप्तान रोहित ७ सय ७५ रेटिङ पाउँदै दुई स्थान तल झरेर तेस्रो स्थानमा छन्।
कुल ७ सय ५ रेटिङ पाएका कोहलीले कप्तान रोहित शर्मा र न्युजिल्यान्डका डार्ली मिचेललाई पछि पार्दै शीर्ष स्थानमा फर्किएका हुन्।
कोहलीको करियरको वेष्ट रेटिङ भने सन् २०२१ मा रहेको थियो। जहाँ उनले ९०९ रेटिङ पाएका थिए।
सन् २०२१ को जुलाइमा कोहली नम्बर वान ब्याटरको शीर्ष स्थानमा थिए। कोहली पहिलो पटक २०१३ को अक्टोबरमा नम्बर १ ब्याटर बनेका थिए।
उत्कृष्ट ब्याटरको दोस्रो स्थानमा न्युजिल्यान्डका मिचेल छन्। उनले ७ सय ७५ रेटिङ पाएका छन्। उनी एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लेका हुन्। दुई स्थान झरेका कोहली तेस्रो स्थानमा छन्।
भारत कै के एल राहुल एक स्थान सुधार गर्दै ११ औँ स्थानमा उक्लेका छन्।
Shares

प्रतिक्रिया